Rule 61
श्रम सम्बन्ध समिति
: (१) दशजना वा सोभन्दा बढी श्रमिक कार्यरत प्रत्येक प्रतिष्ठानमा देहाय बमोजिमको एक श्रम सम्बन्ध समिति रहनेछः-
(क) प्रतिष्ठानको प्रमुख व्यवस्थापक वा निजले तोकेको व्यक्ति –संयोजक,
(ख) प्रतिष्ठानको प्रमुख व्यवस्थापकले तोकेको
व्यवस्थापकीय तहको दुर्इजना व्यक्ति –सदस्य,
(ग) प्रतिष्ठानको ट्रेड युनियनको तर्फबाट एकजना महिला
सहित चार जना श्रमिक –सदस्य,
(घ) प्रतिष्ठानको प्रशासन शाखा प्रमुख –सदस्य-सचिव।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तीन सयभन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानमा व्यवस्थापक र श्रमिकको तर्फबाट दुर्इ दुर्इ जना थप सदस्य रहनेछन्।
(३) उपनियम (१) को खण्ड (ग) बमोजिमको सदस्यको चयन प्रतिष्ठानको आधिकारिक ट्रेड युनियनको कार्यकारी समितिले गर्नु पर्नेछ। प्रतिष्ठानमा आधिकारिक ट्रेड युनियन नभएमा प्रतिष्ठानमा कार्यरत श्रमिकहरुले छानेको श्रमिकले समितिमा प्रतिनिधित्व गर्नेछ।
(४) उपनियम (१) को खण्ड (ख) बमोजिमका सदस्यको कार्यकाल संयोजकले तोकेको अवधिसम्म र खण्ड (ग) बमोजिमका सदस्यको पदावधि समितिमा चयन भएको मितिले दुई वर्षको हुनेछ।
(५) श्रम सम्बन्ध समितिको हिसाब किताबको खाता सञ्चालन श्रमिक र व्यवस्थापकले आफ्नो तर्फबाट तोकेका एक एक जना प्रतिनिधिको संयुक्त हस्ताक्षरबाट हुनेछ।